Section 96
बीमा मध्यस्थता
(१) ऐनको दफा १३० बमोजिम बीमा मध्यस्थता गर्नको लागि ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सदस्यको संयोजकत्वमा प्राधिकरणको कार्यकारी निर्देशक र सम्बन्धित विभागको विभागीय प्रमुख सदस्य रहने गरी तीन सदस्यीय बीमा मध्यस्थता : समिति रहनेछ।

(२) बीमा मध्यस्थता समितिका . संयोजक तथा सदस्यले आफ्नो स्वार्थ बाझिने विषय वा पक्षहरू रहेछन्‌ भने बीमा मध्यस्थता समितिलाई जानकारी गराई निर्णय प्रक्रियाबाट अलग हुनु पर्नेछ।